आइतबार २६५३ अंकमा झर्‍यो नेप्से, ३ अर्ब २७ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ फागुन । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेको छ । सेयर बजार ०.७९ प्रतिशतले घटेर बजार २ हजार ६५३.७० बिन्दुमा झरेको हो ।

आज २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता सेयर ३ अर्ब २७ करोड ३० करोड ६५ लाख ९१० रुपैयाँमा सेयर खरिदबिक्री भएको छ । आज नेपाल हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, युनियन हाइड्रोपावरसहितका जलविद्युत् कम्पनीहरूका लगानीकर्ताले २.७० प्रतिशतभन्दा बढीले कमाएका छन् ।

बजार घटेका कारण हिमालयन जनरल इन्स्योरेन्स, तनहुँ पावर कम्पनी, सामलिङ पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, शिवम् सिमेन्टसहितका लगानीकर्ताले भने ३.०५ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।