३ बैंकको ६ करोड ३३ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । आइतबार कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकको ६ करोड ३३ लाख ३३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर बापतको २ करोड १९ लाख ७९ हजार ८५९ कित्ता, सिद्धार्थ बैंकको १४‍.२५ प्रतिशत बोनस सेयर बापतको १ करोड ५६ लाख २१ हजार २७६ कित्ता र प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस सेयर बापतको २ करोड ५७ लाख ३२ हजार गरी ६ करोड ३३ लाख ३३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५६ प्रतिशत नगद गरी २१.०५६ प्रतिशत लाभांश वितरण गरेको थियो भने सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी १६.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।