ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने म्याद फागुन २३ गतेसम्म थप

-



     सफल आवाज    
     फागुन १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ फागुन । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेबाट बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ । म्याद थप भएपछि स्थानिय लगानीकर्ताले फागुन २३ गतेसम्म आवेदन सक्नेछन् ।

प्रतिसेयर १०० रुपैयाँ मूल्य दरको ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गरिएको हो । आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं १, २, ३, लिखु गाउँपालिकाको वडा नं ९, रामेछाप लिखु तामाकोशी गाउँपालिकाको वडा नं १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं ७ का स्थानियको लागि सेयर बिक्रीमा ल्याईएको हो ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले मन्थलीस्थित लक्ष्मी बैंक, धोबिबजारस्थित नेपाल इन्भेष्टमेन्ट बैंक, खिजिदेम्बा र मन्थलीस्थित मेगा बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । सेयर लगानीकर्ताले घटिमा १० तथा बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।