सोमबार रु १६०० ले बढ्यो सुनको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     फागुन १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ आकाशिएको छ । यसदिन छपावाला सुन तोलामा रुपैयाँ १६०० ले बढेको छ । चाँदीमा रुपैयाँ ४५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रूपैयाँ १६०० ले बढेर ताेलाकाे ९८ हजार २०० रूपैयाँमा काराेबार भइरहेकाे छ । आईतबार छापावाला सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन यसदिन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४० रपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदीको भाउ तोलाको १ हजार २९५ तोकिएको थियो ।