लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारण सभा

-



     सफल आवाज    
     फागुन १७ गते २०७८ मा प्रकाशित



काठमाडौ, १७ फागुन । नेको इन्स्योरेन्सले लाभांश पारित गर्नका लागि चैत्र ९ गते २६औं साधारण सभा आव्हान गरेको छ । साधारण सभा इन्स्योरेन्सको काठमाडौं, ज्ञानेश्वरमा रहेको केन्द्रीय कार्यालयमा बोलाईएको छ । साधारण सभा पूर्वान्ह ११ बजे सुरु हुनेछ ।

कम्पनी संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

इन्स्योरेन्सको गएको आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनका लागि लाग्ने ०.७९ प्रतिशत नगद लाभांशसहित १५.७९ प्रतिशत लाभांस वितरणको घोषणा भएको थियो ।

यस्तै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधनका लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभालाई मध्येनजर गर्दै इन्स्योन्सले चैत्र १ गते बुक क्लोज हुने जनाएको छ । यसको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिनेछन् ।