घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     फागुन १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउमा रुपैयाँ ६०० तथा चाँदीमा सामान्य ५ रूपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छपावाला सुन रुपैयाँ ६०० ले घटेर तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छपावाला सुनको भाउ तोलाको ९८ हजार दुई सय रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार १०० रुपैयाँ तोकिएको छ । सोमबार तेजाबी सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा ५ रुपैयाँले घटेर तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १ हजार तीनसय ४० रुपैयाँ तोकिएको थियो ।