गुराँस लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, आवेदन कहिलेसम्म दिने ?

-



     सफल आवाज    
     फागुन १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ फागुन । गुराँस लाइफ इन्स्योरेन्सले कम्पनीका लागि केहि कर्मचारीहरु माग गरेको छ । जागिरको खोजिमा रहेकाहरूकाे लागि याे एउटा अवसर पनि हुनसक्छ । मागअनुसारको योग्ता पुग्ने उम्मेदवारले आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले प्रकाशन गरेको सूचना अनुसार केहि ब्रान्च म्यानेजर तथा सहायक म्यानेजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिसर माग गरिएको छ ।

यस्तै मार्केटिङ, ट्रेनि असिस्टेन्ट, जुनियर असिस्टेन्ट, अस्स्टिेन्ट र सिनियर असिस्टेन्टका लागि केहि कर्मचारी माग गरिएको छ ।
इन्स्योरेन्सले माग गरेअनुसारका पदहरुमा योग्यता पुग्ने उम्मेदावारहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र दिन सक्ने इन्स्याेरेन्सले जनाएकाे छ ।