
काठमाडौं, १८ फागुन । साताको चौथो कारोबारको प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सो सेसनमा १.९२ अंकले बढेर २ हजार ६१२.५० अंकमा प्रवेश गरेको छ ।
नेप्से सूचकसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि उकालो छ । सेन्सेटिभ सूचक ०.१७ अंकले बढेर ५००.३७ अंकमा प्रवेश गरेको छ । सो सेसनमा १९ कम्पनीको ६१० कित्ता सेयर ३ लाख २७ हजार ८०९ रुपैयाँमा किनबेच भएको छ ।
प्रि–ओपन सेसनमा कारोबार भएका ८ उपसमूहमध्ये बैंकिङ समूहको घटेको छ भने अन्य समूहको स्थिर देखिएको छ । विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बिमा, लघुवित्त र लगानी उपसमूहको सेयर उकालो लागेको नेप्सेले जनाएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




