
काठमाडौं, १९ फागुन । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोष आजबाट १४औं वर्षमा प्रवेश गरेको छ । आर्थिक रुपले विपन्न वेरोजगार युवाहरुलाई स्वदेशमा नै स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ स्थापना भएको कोष १४ वर्षमा प्रवेश गरेको हाे ।
युवाहरुको श्रम र सीपलाई सदुपयोग गरी देशको विद्यमान बेरोजगारी समस्याको समाधान गर्न स्थापना भएको कोषले सहुलियत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराई आर्य आर्जनमा समेत बृद्धि हासिल गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताए ।
नेपाल सरकारले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०६३ को दफा २ अनुसार २०६५ सालमा यो कोष स्थापना गरेको हाे । कार्यकारी निर्देशक अधिकारीका अनुसार आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु सिमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति द्वन्द पीडित, पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरिब किसानलाई, परम्परागत सीप भएका युवाहरुलाई स्वरोजगार कार्यक्रम सञ्चालन गर्न कर्जा उपलब्ध गराई आर्यआर्जनमा बृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउनु नै कोषको उद्देश्य हाे ।
अहिले कोषले पुँजीको अभावमा पलायन हुने शिक्षित तथा अर्धशिक्षित बेरोजगार युवाहरुलाई स्वरोजगार दिइरहेको जनाएको छ । कार्यकारी निर्देशक अधिकारीले भने, ‘युवाहरुलाई अहिले व्यवसायिक खेती, पशुपन्छीपालन, कृषि तथा वनजन्य उद्योग, पर्यटन घरवास तथा रत्न पत्थरसम्बन्धी तालिम दिइरहेका छौं ।’ उनका अनुसार कोषले ‘एक गाउँ, एक उत्पादन’ एवं ‘एक सहकारी, एक मुख्य चिनारी’ सम्बन्धी परियोजनामा लगानी गर्न युवाहरुलाई प्रोत्साहन गरिरहेको छ ।

कोषले अहिलेसम्म के-के गर्यो ?
कार्यकारी निर्देशक अधिकारीका अनुसार अहिलेसम्म ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार रुपैयाँ कोषमा लगानी भएको छ भने विपन्न वर्ग कर्जा रकम ३ अर्ब ८२ करोड २ लाख ८३ हजार २६६ रुपैयाँ, सञ्चिती आम्दानी रकम ७९ करोड ४७ लाख ३५ हजार ८८४ रुपैयाँ रहेको छ । कोषको ब्याज अनुदान भुक्तानी भएको रकम १५ करोड ३३ लाख ५ हजार ४९ रुपैयाँ, बिमा क्षतिपूर्ति उपलब्ध गराइएको रकम ६ करोड २४ लाख ४८ हजार ५४५ रुपैयाँ र १ करोड ९० लाख ६९ हजार ५०० रुपैयाँ कर्जा व्यवस्थापन शुल्क भुक्तानी भएकाे छ ।
अहिलेसम्म ३८ हजार १३९ जना व्यवसायीलाई कर्जा व्यवस्थापन शुल्क वितरण गरिएको छ भने १३ हजार ७६५ व्यवसायीलाई ब्याजअनुदान, ६१ हजार १३२ जनाको व्यवसायीको स्वराजगार बिमा, १ हजार ६१ लाई बिमा क्षतिपूर्ति उपलब्ध गराएको कार्यकारी निर्देशक अधिकारीले बताए । काेषले २६ वटा बैंक तथा वित्तीय संस्था र १ हजार ९६८ सहकारीमा लगानी गरिएको छ भने ८३ हजार ४०९ जनालाई स्वरोजगार सिर्जना गरेको छ ।
कोषले अहिलेसम्म ४२ हजार ५६३ जनालाई अभिमुखिकरण तालिम प्रदान गरेको छ भने ५ हजार ८० जना संस्थाका पदाधिकारी तथा सदस्यलाई अनुशिक्षण तालिम दिएको छ । कोषले अहिलेसम्म नियमित स्वरोजगार कार्यक्रम, भेरी कर्णाली इकोनोमिक करिडोर कार्यक्रम, सहकार्यमा आधारित साझेदारी कार्यक्रम, काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, तराई-मधेश स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




