फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको प्रतिलिटर १५० रुपैयाँ पुग्यो

-



     सफल आवाज    
     फागुन १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ फागुन । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो ।

खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

मूल्य बढेपछि पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।