
काठमाडौं, २० फागुन । नेपाल बैंकले विभिन्न पदका लागि विज्ञापन खुलाएको छ । बैंकले देशभर ३ सयभन्दा बढी कर्मचारीका लागि विज्ञापन खुलाएको हो ।
शुक्रबार विज्ञापन प्रकाशित गर्दै बैंकले ३ तहदेखि ६ तहसम्मका लागि कर्मचारी माग गरेको बैंकले जनाएको छ । बैंकले चैत १० गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ । लोकसेवा आयोगको सहमतिअनुसार चालू आर्थिक वर्ष ०७८/७९ को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका विभिन्न पदमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ६ तहका लागि १ हजार र समावेशीका लागि थप ४ सय रुपैयाँ ४ र ३ तहका लागि ८ सय रुपैयाँ र समावेशी समूहका लागि २ सय रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



