पहाडी र हिमाली भागमा आंशिक बदली, अन्य भागमा मौसम सफा रहने

-



     सफल आवाज    
     फागुन २१ गते २०७८ मा प्रकाशित



काठमाडाैं, २१ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

फागुन २१ गते  

दिउँसो :  देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

राती : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

फागुन २२ गते  

दिउँसो :  देशको सुदुरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशको सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन २३ गते  

दिउँसो :  देशभर अंशिक देखि सामान्य बदली रहने छ। गण्डकी र सूदुर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

रातीः देशको पहाडी भू-भागमा अंशिक बदली तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।