सुनको भाउ इतिहासकै उच्च, तोलाको १ लाख नाघ्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     फागुन २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार आज सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उचाइमा पुगेकाे छ ।

सुन उकालो लागेर रुपैयाँ १ लाखकाे घेरा पार गरेकाे । छापावाला सुनमा एकैदिन रूपैयाँ २००० ले बढेर इतिहासमै पहिलाे रेकर्ड बनाएकाे छ । चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन इतिहासमै पहिलो पटक छापावाला सुनको भाउ रुपैयाँ एक लाख नाघेको छ । छपावाला सुनमा एकैदिन रुपैयाँ २००० ले बृद्धि भई तोलाको १ लाख १ हजार ९०० पुगेको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ तोलाको १०० कम एक लाख आर्थात रुपैयाँ ९९ हजार ९०० रूपैयाँ तोकिएको थियो ।

तेजाबी सुनको भाउ यसदिन तोलाको १ लाख १ हजार ४०० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन तोलाको ९९ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रूपैयाँ ३५ ले बृद्धि भई तोलाको १ हजार ४१५ रूपैयाँ पुगेको छ । शुक्रबार चाँदी तोलाको १ हजार ३८० रूपैयाँ निर्धारण गरिएको थियो ।