
पोखरा, २२ फागुन । सजिलो बचत तथा ऋण सहकारी संस्थाले कार्यसमिति, कर्मचारी तथा विभिन्न उप-समितिहरुलाई १ दिने उत्प्रेरणा तालिम दिएको छ ।
लेकसाइडस्थित होटेल शारामा समापन भएको तालिममा सहकारीले २०७९ सालको भितेपात्रोको अनावरणका साथै मोबाइल एप्स शुभारम्भसमेत गरिएको जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारी, विशेष अतिथिद्वय संस्थाका संस्थापक अध्यक्ष रविमान सिंह भण्डारी, नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीको बिशेष आतिथ्यता रहेको थियो ।
उत्प्रेरणा तालिमको लागिका काठमाडौंबाट मोटिभेसनल स्पिकर, कर्पोरेट एक्सपर्ट तथा लाइफकोच रविन कटुवालले करिब ४ घण्टा आफ्नो प्रस्तुतिसहित उत्प्रेरणाको वर्कसपको सञ्चालन गरि सहकारीलगायत पेशा प्रतिको लगाव विषयमा आफ्नो भनाइ प्रस्तुत गरेका थिए ।
सल्लाहकार गिरिधारी शर्माले शुभकामना दिँदै सहकारीबाट सम्पादित कार्यहरु गुणस्तर रहेको र आगामी दिनहरुमा पनि सहकारीले उच्च स्तरीय सेवा प्रदान गर्न सफल रहोस् भन्ने शुभकामना दिए ।

कार्यक्रममा प्रमुख अतिथि तेजनारायण अधिकारीले सहकारीले स्थापनाको छोटो अवधिमा नै विभिन्न कार्यक्रमहरु गरि आफ्ना सेयर धनिहरुलाई विभिन्न किसिमका सेवा सुबिधा दिएकोमा खुसी व्यक्त गरे । प्रतिस्पर्धात्मक आजको युगमा सहकारीलाई सूचना प्रबिधिमैत्री बनाउन शुभारम्भ गरिएको मोबाइल एप्सले सहकारीको बिकासमा कोसेढुंगा साबित हुने बताए ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




