
काठमाडौं, २३ फागुन । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । गत वर्षदेखि लाखको हाराहारीमा कारोबार भइरहेको सुनको मूल्य यस वर्ष पनि लाखभन्दा बढी मूल्यमा कारोबार हुन थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ११ सय रुपैयाँले बढेर १ लाख ३ हजार पुगेको छ ।
योसँगै तेजाबी सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि लगातार उकालो लागेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको छ ।
यो हालसम्मको उच्च मूल्यभन्दा ५०० रुपैयाँ मात्र कम हो । छापावाल सुनको मूल्य २०७७ साउन २३ गते हालसम्मकै उच्च अर्थात् १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।








काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




