
काठमाडाैं, २४ फागुन । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तिव्र पारिएको छ । यहीं फागुन २७ र २८ गते पोखरामा आयोजना हुन लागेको महाधिवेशनलाई भव्य बनाउन मुल व्यवस्थापन समिति तथा महाधिवेशनलाई लक्षित गरेर निर्माण गरिएका विभिन्न उपसमितिले सक्रियता बढाएका छन् । सबै समितिको सक्रियतामा पोखरामा बेग्लै रौनक थपेको छ ।
विभिन्न उपसमितिले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्न कस्सिएका छन् । महाधिवेशनको प्रचारको लागि कास्की जिल्लाका विभिन्न ठाउँ तथा पोखरा आउने विभिन्न राजमार्गको नाकामा होडिङबोर्ड राखिएको छ । कास्की तथा छिमेकी जिल्लाका विभिन्न ठाउँमा स्वागतद्धार तथा डिजिटल होडिङबोर्ड समेत निर्माण गरिएको छ । केही ठाउँमा निर्माण हुने क्रममा रहेको मञ्च व्यवस्थापन उपसमितिका संयोजक राम्जी प्रसाद लम्सालले बताए।
अधिवेशनमा आउने पाहुनाको बसाईलाई ध्यान दिदै आवास व्यवस्थापन उपसमितिले प्रतिनिधिको विवरण अद्यावधिक गर्ने काम अन्तिम चरणमा पु¥याएको छ । उता प्रचार समितिले जिंगलहरुको निर्माण गरिरहेको छ ।
विभिन्न सूचनामुलक सामाग्री मार्फत समेत महाधिवेशनको प्रचार गर्न थालिएको छ । महाधिवेशनको स्वास्थ्य उपसमितिले सोमबार मेडिप्लस हस्पिटलसँग एमओयू गरेको उपसमिति संयोजक जमुना वर्षा शर्माले जानकारी दिइन । सबै उपसमितिले नियमित भेटघाट छलफल कार्यक्रम आयोजना गरिरहेका छन् ।
महाधिवेशनको नारा ‘समृद्धिका लागि सञ्चार कर्म । प्रेस चौतारीको मूल मर्म’ रहेको छ । २०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन फागुन २७ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले जानकारी दिए ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



