नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नजिता

-



     सफल आवाज    
     फागुन २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।

आइपीओ बाँडफाँटमा लक्की ८ नम्बर रहेको बताइएको छ । क्यापिटलका अनुसार लघुवित्तको आइपीओमा २५ लाख २७ हजार १०१ जना आवेदकले २ करोड ८७ लाख ८१ हजार ५२० कित्ता सेयरको लागि २ अर्ब ८७ करोड ८१ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।

जसमा ४ हजार ११४ जनाको आवेदन विभिन्न कारण रद्द भएको छ । २५ लाख २२ हजार ९५५ जना योग्य आवेदकले २ करोड ८७ लाख ३४ हजार १० कित्ता योग्य रहेका छन् । योग्य आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्दा ७७ हजार ४५६ जनाले आइपीओ पाएका छन् ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । थप ३ जनाले भने ११ कित्ता पाएका छन् । लघुवित्तले फागुन ११ गते बुधबारदेखि चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

लघुवित्तको आइपीओकाे नतिजा विभिन्न ४ तरिकाबाट हेर्न सकिन्छ । जसअनुसार ग्लोबल आइएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com/ सीडीएससीको मेरो सेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login सीडीएसले आइपीओको लागि सञ्चालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र लघुवित्त कम्पनी नेष्डो समृद्व लघुवित्तको वेबसाइट https://slbs.nesdonepal.org/ बाट हेर्न सकिने छ ।