प्रदेश १, मधेश र पहाडी भू-भागमा सामान्य बदली 

-



     सफल आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित



काठमाडाैं, २५ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ र मधेश प्रदेशको भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भुभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

फागुन २५ गते  

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन २६ गते  

दिउँसो : देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १का पहाडी तथा उच्च हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भु-भागमा आंशिक बदली रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भु-भागमा अप्रान्ह पछि एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १का एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी तथा हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भु-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १का एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

फागुन २७ गते  

दिउँसो : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकोले उल्लेखनिय चेतावनी तथा परामर्श दिन नपरेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।