
काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघको १९ औं साधारण सभाको तयारी पूरा भएको छ । शनिवार काठमाडौंको गैरिधारास्थित एलिस स्टेशनमा हुने साधारण सभाको तयारी पूरा भएको संयोजक रमेशमान शाक्यले जानकारी दिए ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले उद्घाटन गर्ने साधारण सभामा दिउँसो ३ बजेबाट सुरु हुने काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरेश शाक्यले बताए । अध्यक्ष शाक्यका अनुसार साधारण सभाको तयारीका लागि सम्पूर्ण तयारी भइसकेको छ ।
साधारण सभाका लागि अतिथिहरुलाई निमन्त्रणा तथा बन्दशत्रको तयारीसमेत भइसकेको संघकी सचिव रोहिनादेवी शाक्यले बताइन् । उनका अनुसार बन्दशत्र शनिबार दिउँसो १२ बजेदेखि सुरु हुने र उद्घाटन शत्र दिउँसो ३ बजे सुरु हुनेछ ।
संघले सुनचाँदी व्यवसायीको हक हित तथा सुरक्षाका सम्बन्धमा विभिन्न निकायसँग बेला बेलामा अन्तक्रिया कार्यक्रम गर्दै आएको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




