३५०० ले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     फागुन २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ फागुन । अघिल्लो दिन रुपैयाँ २ हजार ५०० ले बढेर कारोबार भएको सुनको भाउ आज भने रुपैयाँ ३ हजार ५०० ले घटेको छ । चाँदीको भाउ पनि तोलामा रुपैयाँ ४५ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार आज नेपाली बजारमा छपावाला सुन रुपैयाँ ३ हजार ५०० ले घटेर तोलाको रुपैयाँ १ लाख २००० मा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार छपावाला सुन तोलाको रुपैयाँ १ लाख ५ हजार ५०० मा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला रुपैयाँ १ लाख १ हजार ५०० मा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ५००० रुपैयाँ निर्धारण गरिएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउमा रुपैयाँ ४५ ले गिरावट भई तोलाको १ हजार ४०५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार ४५० रुपैयाँ तोकिएको थियो ।