
वीरगञ्ज, २८ फागुन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा उनले देश बनाउने जिम्मेवार पार्टी एमाले भएको दाबी गरे। जनताका दुःखकष्ट सम्बोधन गर्ने र उनीहरूका समस्या समाधान गर्ने पार्टी एमाले भएको बताउँदै अध्यक्ष ओलीले भने, “जनताका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने पार्टी एमाले हो ।”
वर्तमान अवस्थामा एमाले प्रतिपक्षमा भए पनि एमालेमाथि सबैको विश्वास रहेको बताउँदै उनले आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बनेर अगाडि आउने ओलीले दाबी गरे। नगर प्रमुख सरावगी जनता समाजवादी पार्टी (तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल) बाट निर्वाचित थिए ।
व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका सरावगीले यस अगावै जसपाभित्रका केही नेता र कार्यकर्ताले आफूलाई अप्ठ्यारोमा पारेको भन्दै पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको जानकारी दिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



