बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     फागुन २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य रुपले बढेको छ । यसदिन छपावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ तोलामा रुपैयाँ २०० ले बढेर प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ तोलाको रुपैयाँ १ लाख २ हजार ६०० निर्धारण गरिएको थियो ।

तेजाबी सुन तोलाको रुपैयाँ १ लाख २ हजार ३०० तोकिएको छ । शुक्रबार तेजाबी सुनको भाउ तोलाको रुपैयाँ १ लाख २ हजार १०० तोकिएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बृद्धि भई तोलाको रुपैयाँ १ हजार ४२५ पुगेको छ । चाँदीको भाउ शुक्रबार तोलाको रुपैयाँ १ हजार ४१५ कायम गरिएको थियो ।