सेयर बजारमा छायो हरियाली, ४ अर्ब ८७ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ फागुन । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २७०० विन्दु नजिक पुगेको छ । सेन्सेटिक इण्डेक्स ५१० विन्दुको नजिकमा पुगेको छ ।

नेप्सेमा हरियाली छाएसंगै कारोबारमा सामान्य सुधार आएको छ । नेप्सेमा देखिएको सकारात्मक लयको कारण लगानीकर्तामा उत्साह थपिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा उक्लिएको छ । नेप्से ३.९४ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स १६.३७ अंकले बढेर ५०९.९० विन्दुमा रहेको छ ।

कुल २२८ कम्पनीको सेयर कारोबार भएको छ । ९० लाख २२ हजार ८९० कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरुमा सबैमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । बैंकिङतर्फ ५४.७१ अंकले, व्यापारतर्फ १११.०२ अंकले, होटल तथा पर्यटनतर्फ १५८.६९ अंकले बढेको छ ।

विकास बैंकतर्फ २१०.५६ अंकले, हाइड्रोपावरतर्फ ७५.६५ अंकले, फाइनान्सतर्फ १०७.०१ अंकले, नीर्जिवन बीमातर्फ ५६७.८७ अंकले बढेको छ ।

उत्पादनतर्फ ३०८.०६ अंकले, अन्यतर्फ ८६.६२ अंकले, माइक्रोफाइनान्सतर्फ १६३.७८ अंकले, जीवनबीमातर्फ ९२२.१६ अंकले, म्युचुअल फण्डतर्फ ०.१७ अंकले र लगानी उपसमूहतर्फ ३‍‍.८१ अंकले बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ३४ करोड ३६ लाख ५० हजार ९५४ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।