फेरि घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     फागुन ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० फागुन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ । छापावाला सुनमा रुपैयाँ ५०० ले तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा भाउमा भईरहेको आरोह अवरोहको कारण त्यसको प्रभाव नेपाली बजारमा पनि पर्दै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले घटेर तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा खरिदबिक्री भई रहेको छ । यसअघि आईतबार छापावाला सुनकाे भाउ तोलाको १ लाख २ हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो ।

तेजाबी सुन यसदिन तोलाको १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । आईतबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाँदीको भाउ तोलामा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ । आईतबार चाँदीको भाउ तोलाको १ हजार ४२५ रुपैयाँ तोकिएको थियो ।