प्रि-ओपन सेसनमा नेप्से परिसूचक ९.९९ अंकले बढ्यो, ४१ लाखको कारोबार

-



     सफल आवाज    
     फागुन ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० फागुन । साताको दोस्रो दिन सेयर कारोबारको प्रि-ओपन सेसनमा नेप्से सूचक करिब १० अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ९.९९ अंकले बढेर २ हजार ६७७.९६ अंकमा प्रवेश गरेको हो ।

नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सेन्सेटिभ इन्डेक्स १.५० अंकले बढेर ५११.३९ बिन्दुमा प्रवेश गरेको नेप्सेले जनाएको छ । यस सेसनमा ३२ कम्पनीको २ हजार ९४९ कित्ता सेयर ४१ लाख ६१ हजार ४१ रुपैयाँमा किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यस सेसनमा १० उपसमूहको कारोबार भएको छ । त्यसमध्ये निर्जीवन बिमा र अन्य समूहको सेयर स्थिर छ भने लघुवित्त समूहको सेयर ओरालो लागेको छ । बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत, वित्त, उत्पादनमुलक, जीवन बिमा र लगानी उपसमूहको सेयरमा हरियाली देखिएको छ ।