क्यान इन्फोटेक २०२२ का लागि ८० प्रतिशत स्टल बुकिङ

-



     सफल आवाज    
     फागुन ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० फागुन । आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससीटी स्मार्ट क्यू आरको ८० प्रतिशत स्टल बुकिङ पूरा भएको छ ।

सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एक मात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड १९ तथा सोहीसम्बन्धि नेपाल सरकारका निर्णयहरुलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको एवं विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको छ ।

गत वर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण पनि यो पटक प्रदर्शकहरु एवं सम्बन्धित सरोकारवालाहरुमा उत्साह देखिएको छ । यो पटकको इन्फोटेकमा ब्राण्डिङ, आइसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ-वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट, लर्निङ सेन्टर, देश भित्रका स्टार्टअप, मोवाइल, आइटी कलेज र नवीनतम सोचमा आधारित रहेर सुचना प्रविधिको क्षेत्रमा अध्ययनरत बिद्यार्थीद्वारा निर्मित प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षण हुने देखिएको छ ।

स्टल बुकिङ्गका आधारमा प्रदर्शकहरुले विश्व बजारमा हालसालै आएका एवं उपलब्ध नवीनतम प्रविधीका साथसाथै अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा एक्सेसरिज, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरुका पछिला संस्करणहरु प्रदर्शनीमा राख्ने बताएका छन् ।

आर्टिफिसियल ईन्टेलिजेन्ससम्बन्धि जानकारी, सुचना प्रविधिमा आधारित कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने गरि प्रदर्शकहरुले तयारी गरेका छन्।

२७ औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमइ पे, एसोसिएट प्रायोजकमा एससीटी स्मार्ट क्यू आर तथा टिकट पार्टनरमा आइएमइ पेले प्रायोजन गरेको छ भने प्लाटिनम प्रायोजन वर्ल्डलिङ कम्युनिकेसन डायमण्ड प्रायोजन डिस होम फाइवरनेट, सिल्भर प्रायोजनमा एस पावर, नमस्ते पे, डिजिकम र ब्रोडवे इन्फोसिसले गरेको छ भने इन्नोवेसन पार्टनर सनवे बिजनेस सकूल, एकेडेमिक पार्टनर सफ्टवेरिका कलेज, डिजिटल डिस्प्ले पार्टनर अल्ट्रा लेड, भर्चुअल प्रदर्शनी पार्टनर मण्डला सिस्टम, फुड एण्ड बेभरेज पार्टनर रेवान रहेको उक्त प्रदर्शनीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सुविसु केवलनेट, भायानेट, नेपाल मोवाइल डिस्ट्रिव्युटर एसोसियसनको तथा ध्क्ष्त्क्ब् एवं ब्क्इऋक्ष्इ जस्ता अन्तर्राष्ट्रिय संस्थाको पनि सहयोग रहेको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन सन १९९५ देखि वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७ औं संस्करण ६ दिन सम्म सञ्चालन हुने गरी २०७९ साल वैशाख ७ गतेदेखि १२ गतेसम्म आयोजना गरिन लागेको हो ।