
काठमाडौं, १ चैत । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाला सुन तोलामा रुपैयाँ १८०० तथा चाँदी तोलामा रुपैयाँ ३५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि छापावाला सुनको भाउ रुपैयाँ १८०० ले घटेर तोलाको रुपैयाँ १ लाख ५०० तोकेको जनाएको छ । यसअघि सोमबार छापावाला सुनको भाउ तोलाको १ लाख २ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो ।
तेजाबी सुनको भाउ तोलाको १ लाख कायम भएको छ । सोमबार तेजाबी सुनको भाउ तोलाको १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको थियो ।
महासंघका अनुसार चाँदी तोलामा रुपैयाँ ३५ ले घटेर तोलाको १ हजार ३८० रुपैयाँमा कारोबार भई रहेको छ । सोमबार चाँदीकाे भाउ तोलाको १ हजार ४१५ रुपैयाँ तोकिएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




