गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते निगमले परीक्षण उडान गर्ने

-



     सफल आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ चैत्र । नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वर्षको दिन परीक्षण उडान गर्ने भएको छ ।

निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको विमानस्थलमा परीक्षण उडानसँगै वैशाख ७ देखि व्यावसायिक उडान खुल्ला हुने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार वैशाख १ गते नेपाल एयरलाइन्सले परीक्षण उडान गर्नेछ । वैशाख ७ पछि भने व्यावसायिक उडान खुल्ला हुने एयरलाइन्सले जनाएकाे छ । कुवेतको जजिरा एयरवेजले बुद्ध जयन्ती पारेर जेठ २ गतेदेखि दैनिक उडानको लागि अनुमति मागेको छ ।

विमानस्थलमा नियमित उडानका लागि जजिरासहित ५ वटा कम्पनीले अनुमति मागेका छन् । कुवेतको जजिरा, श्रीलंकाको श्रीलंकन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ ।