संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

-



     सफल आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ चैत । संसद अधिवेशन सम्पन्न गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संसद अधिवेशनको अन्त्यका लागि सरकारले सिफारिस गरेको हो । संसद अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

संसदको अधिवेशनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भएको छ भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।