
भक्तपुर, १ चैत । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सहकार्य सम्झौता भएको छ । सो अवसरमा ‘उद्योग व्यवसायमा बिमाको आवश्यकता र फाइदा’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बिमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए । सोही कार्यक्रममा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्रराज दहालले आजको बदलिदो परिस्थितमा बिमाको अपरिहार्यताको बारेमा प्रकाश पार्दै बिमा गर्ने समयमा नै पर्याप्त छलफल गर्न सकेमा दावीको अवस्थामा कुनै समस्या नहुने बताए ।
कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गाेंसाइले कार्यक्रमको औचित्य र बिमाको महत्वको बारेमा प्रष्ट पारे । संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैयां धौवन्जाले बिमाको अपरिहार्यताको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




