क्रिकेटर पारस खड्का बने प्रिमियर स्टीलको ब्राण्ड एम्बासडर

-



     सफल आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित



बिराटनगर, १ चैत्र । नेपालको प्रतिष्ठित स्टील कंपनी प्रिमियर स्टीलले क्रिकेटर पारस खड्कालाई ब्राण्ड एम्बेसेडर बनाएको छ।
आज मंगलबार बिराटनगरमा आयोजित एक समारोहमा प्रिमियर स्टीलले आफ्नो यात्रामा अर्को महत्वपूर्ण कदम चाल्ने क्रममा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँगको रणनीतिक साझेदारीको घोषणा गरेको हो ।

नेपालमा स्टील उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी मध्येकाे एक प्रिमियर स्टीलकाे ब्राण्ड एम्बेसेडरमा नियुक्त भएपछि अब पारस खड्काले प्रिमियर स्टीलका सबै उत्पादनहरूकाे ब्राण्डिङमा अगवुाई गर्नेछन ।

गुणस्तरीय उत्पादनको लक्ष्यका साथ स्थापित प्रिमियर स्टीलले हालसम्म देशभर ५०० वटा रिटेल आउटलेट खोल्न समेत सफल भएको कंपनीले दाबी गरेको छ । साथै नेपालका ठुला आयाेजनाहरूमा समेत प्रिमियर स्टील प्रयाेग हुन थालेकाे छ ।