अमेरिकी डलरको मूल्य १२२ रुपैयाँ पुग्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

-



     सफल आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ चैत । बुधबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर कायम गरेको छ । नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२२.२८ रुपैयाँ र बिक्रीदर १२२.८८ रुपैयाँ कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युनियनको एकको खरिददर १३४.५० रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ कायम गरिएको छ भने युके पाउण्ड स्टलिङको १५९.४० रुपैयाँ र बिक्रीदर १६०.१९ रुपैयाँ कायम गरिएको छ ।

आज क्यानडियन डलर एकको खरिददर ९५.०६ रुपैयाँ र बिक्रीदर ९५.५२ रुपैयाँ कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८७.९१ रुपैयाँ र बिक्रीदर ८८.३४ रुपैयाँमा खरिदबिक्री भएको छ ।

राष्ट्र बैंकका अनुसार आज जापानीज यनको १० को १०.३७ रुपैयाँ खरिददर र १०.४२ रुपैयाँ बिक्रीदर कायम गरिएको छ । चाइनीज युआनको एकको खरिददर १९.१९ र बिक्रीदर १९.२८ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।