बुधबार १९ अंकले घट्यो नेप्से, इमर्जिङ नेपालको कारोबार सर्किटको लेभलमा

-



     सफल आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित



काठमाडौं । साताको चौथो कारोबार १९ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १९.७२ अंकले घट्दा २ हजार ६३१.२५ अंकमा झरेको छ ।

नेप्से सूचकसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ५.२० अंकले घटेर ४९७.३९ अंकमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये ३ उपसमूह मात्रै धनात्मक दिशामा देखिएका छन् भने बाँकी सबैको सेयर ओरालो लागेको छ ।

आज २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर २ अर्ब ५७ करोड रुपैयाँको किनबेच भएको भने इमर्जिङ नेपाल लिमिटेडको कारोबार सर्किटको लेभलमा कारोबार भएको छ । सो कम्पनीको सुेयर ९.९८ प्रतिशतले बढेको हो ।