
काठमाडौं, २ चैत । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई राष्ट्रिय स्तरको सम्पत्ति शुद्धिकरणसम्बन्धि तालिम दिएको छ ।
कम्पनीले पोखराको होटल ग्रान्डमा ४०० जना अभिकर्ताहरुलाई बिमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणसम्बन्धि तालिम दिएको हो । तालिमममा कम्पनीका कानुन अधिकृत अधिवक्ता बालकृष्ण गजुरेलले प्रस्तुति दिएका थिए भने कार्यक्रमको सहजीकरण कम्पनीका कम्पनी सचिव तथा प्रशासन विभाग प्रमुख बोधलाल पुरीले गरेका थिए ।
अभिकर्ताहरुले सम्पत्ति शुद्धिकरणसम्बन्धि तालिम तथा बिमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित जानकारी कार्यक्रममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेशामा उपयोग गरी कम्पनीको व्यवसायलाई कानुनी तथा नीतिगत व्यवस्थाहरुको बारेमा अन्तक्रिया गरेका थिए ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा, एमडीआरटी, सीओटी तथा टीओटीलाई सम्मान गरेको छ । कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कण्डेलले अभिकर्ताहरुको आर्थिक स्तर कसरी उकास्न सकिन्छ र कम्पनीको व्यवसायलाई कसरी सबल बनाई बिमा क्षेत्रमा योग्दान गर्न सकिन्छ भनी प्रशिक्षण दिए । साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले अभिकर्ताहरु बिमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्रमाथि उकास्न अभिकर्ताहरुले आफ्नो पेशालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सल्लाह सुझाव तथा हौसला प्रदान गरे ।

उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सकारात्मक उर्जा प्रदान तथा क्षमता अभिवृद्धिसम्बन्धि तालिम, उत्प्रेरक सुदिप बस्नेतले प्रदान गरे । अभिकर्ताहरुले यस अभिकर्ता उत्प्रेरणा कार्यक्रममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेशामा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




