घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

-



     सफल आवाज    
     चैत्र ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ चैत । बिहीबारको तुलनामा आज शुक्रबार डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसामा झरेको हो । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३३ पैसा रहेको थियो ।

यस्तै आज यता युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३४ रुपैयाँ १८ पैसा रहेको छ भने पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ १० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जापानी यन आज १० बराबर नेपाली १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको छ ।