शुक्रबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     चैत्र ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ चैत । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने सामान्य गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनको भाउ बिहिबारकै कायम भई कारोबार भईरहेको छ । यसदिन छापावाला सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार पनि छपावाला सुनको भाउ तोलाको ९९ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको । । बिहिबार पनि तेजाबी सुनको भाउ तोलाको ९९ हजार ३०० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन सामान्य ५ रुपैयाँले विरागट भई तोलाको १ हजार ३८५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी तोलाको १ हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।