नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ चैत । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश आजसम्म सुरक्षित गर्ने समय रहेको छ । साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि सोमबार कम्पनीले बुक क्लोज गर्न जनाएको छ ।

सेयधनीहरुले लभांश प्राप्ति तथा साधारण सभामा भाग लिनका लागि नेपाल स्टक एक्सचेन्जमा सो मितिसम्म कारोबार भई कायम भएको हुनुपर्नेछ ।

इन्स्योरेन्सले १४.७३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हाल कायम भएको चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र करको प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांशसहित १४.७३ प्रतिशत वितरण गरिने भएको हो ।

इन्स्योरेन्सका अनुसार घोषित लाभांश वितरणको प्रस्ताव पारित गर्नका लागि कम्पनीको २१औं साधारण सभा चैत २१ गते आव्हान गरिएको छ । साधारण सभा उक्त दिन बिहान ९ वजे बीरगंजस्थित होटल भिस्वामा बोलाईएको छ ।

साधारण सभाले संस्थापक र सर्वसाधारण सेयरको ६० बराबर ४० को अनुपातलाई बढाएर ५१.४९ पुर्याउने, संस्थापकहरुबाट ४ जना संचालकको चयनलगायतका प्रस्तावलाई पारित गर्ने भएको छ ।