दुई बैंक र एक लघुवित्तको २ करोड ५९ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ चैत । नेपाल स्टक एक्सचेन्जमा आईतबार तीन कम्पनीको २ करोड ५९ लाख बढी कित्ता सेयर सूचीकरण भएको छ । सेयर सूचीकरण गराएका कम्पनीहरुमा दुई वाणिज्य बैंक तथा एक लघुवित्त रहेको छ ।

एनएमबि बैंक, एभरेष्ट बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको २ करोड ५९ लाख ८५ हजार ६५९.२०५ कित्ता बोनस सेयर नेप्सेमा सचीकृत भएको हो ।

सो बोनस सेरमध्ये एनएमबि बैंकको २ करोड ४ लाख ७ हजार ४५१.०७ कित्ता रहेको छ । एभरेष्ट बैंकको ५३ लाख ३६ हजार २३०.३१ कित्ता रहेको छ। यस्तै गणपति लघुवित्तको २ लाख ४१ हजार ९७७.८२५० कित्ता सेयर रहेको छ ।

दुबै बैंक तथा लघुवित्तको गएको आर्थिक वर्ष वितरण गरिएको बोनस सेयरलाई सूचीकरण गरिएको हो । जसमा एनएमबि बैंककाे १२.५ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत तथा गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयर वितरण गरिएको थियो ।