
काठमाडौं, ६ चैत । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा करिब ६० प्रतिशत राजस्व संकलन भएको छ । महालेखा नियन्त्रणको कार्यालयका अनुसार ८ महिनासम्म ७ खर्बभन्दा बढी राजस्व संकलन भएको हाे । चैतको पहिलो सातासम्म भने राजस्व संकलन ७ खर्ब ४३ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
१२ खर्ब ४० अर्ब ५२ करोड ३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यअनुसार ९ महिनाको पहिलो सातासम्म सरकारले करिब ६० प्रतिशत राजस्व उठाएको कार्यालयले जनाएको छ ।
तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दा लक्ष्यअनुसार बजेट खर्च तथा राजस्व संकलन गर्ने दाबी गरेका थिए । उनको दाबीअनुसार राजस्वबाहेक बजेट खर्चमा भने सफलता नमिल्ने प्रष्टै देखिन्छ । बर्तामान अर्थमन्त्री जनार्दन शर्मा पनि विभिन्न मन्त्रालयलाई बजेट खर्च गर्न ताकेता गरिरहेका छन् । मन्त्रालयहरुले भने ८० प्रतिशतसम्म खर्च गर्ने बताइरहेका छन् । गत साता अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अधिकांश मन्त्रालयका सचिवले ८० प्रतिशत मात्रै खर्च गर्न सकिने बताएका थिए ।
कर राजस्व, गैरकर राजस्व, अनुदान तथा अन्य बिलहरु गरेर राजस्व संकलनमा भने सरकार लक्ष्य नजिक पुगेको देखिन्छ । सरकारले कर राजस्व ६ खर्ब ३४ अर्बभन्दा बढी संकलन गरेको छ । १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ कर उठाउने लक्ष्य लिएको सरकारले ९ महिनाको पहिलो सातासम्म ५९.४४ प्रतिशत अर्थात् ६ खर्ब ३४ अर्ब ८० करोड ७३ लाख रुपैयाँ कर संकलन गरेको हो ।
अघिल्लो दिन मात्रै ३९ लाख रुपैयाँ कर संकलन गरेको तथ्यांकले देखाएको छ । महालेखा नियन्त्रण कार्यालयका प्रवक्ता नवराज ढुंगानाका अनुसार अहिलेसम्म गैरकर ५० प्रतिशतभन्दा बढी संकलन भएको छ । १ खर्ब १२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ गैरकर संकलन गर्ने लक्ष्य लिएको सरकारले चालू आवको चैतको पहिलो सातासम्म ५७ अर्ब ५ करोड ३२ लाख रुपैयाँ संकलन गरेको हो ।
अनुदानतर्फ पनि सरकारले २३.१७ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार अहिलेसम्म अनुदानतर्फ १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ भने बिलहरुबाट ३८ अर्ब ७ करोड ११ लाख रुपैयाँ कर संकलन गरेको छ ।
पुँजीगत खर्च २१.१८ प्रतिशत
राजस्व संकलनमा सरकार लक्ष्यनजिक पुगे पनि बजेट खर्चमा भने कछुवा गतिमै हिडिरहेको छ । चालू आवको नवौं महिना सुरु हुँदा पनि सरकारले पुँजीगत खर्च २१.१८ प्रतिशत मात्रै खर्च गरेको तथ्यांकले देखाएको छ । ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्यअनुसार यस अवधिसम्म ८० अर्ब ६ करोड ४७ लाख मात्रै खर्च गरेको छ ।
सरकारले चालू खर्च भने ५० प्रतिशतभन्दा बढी गरेको छ । महालेखा नियन्त्रणको कार्यालयका अनुसार चालू आवको चैत पहिलो सातासम्म ५०.९३ अर्थात् ५ खर्ब ४२ अर्ब ६० करोड ५५ लाख रुपैयाँ चालू खर्च गरेको छ । १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख खर्च गर्ने लक्ष्यअनुसार आजको मितिसम्म सरकारले ५०.९३ प्रतिशत खर्च गरेको हो ।
वित्त खर्च पनि ३१.६१ प्रतिशत पुगेको छ । १ खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख खर्च गर्ने लक्ष्यअनुसार चालू आवको ९ महिनाको पहिलो सातासम्म ५९ अर्ब ८७ करोड २२ लाख रुपैयाँ वित्त खर्च गरेको हो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




