एनएमबी क्यापिटलको सीईओमा दीपेशकुमार वैद्य नियुक्त

-



     सफल आवाज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ चैत । एनएमबी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपेशकुमार वैद्य नियुक्त भएका छन् ।आइतबार एनएमबी क्यापिटलको सञ्चालक समितिको बैंठकले क्यापिटलको सीईओमा वैद्यलाई नियुक्त गरेको हो ।

स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका वैद्यसँग विभिन्न कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको अनुभव छ ।

नवनियुक्त सीईओ वैद्यले आइतबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।