नेप्से परिसूचक १७.९९ अंकले बढ्यो, इमर्जिङ नेपालको कारोबार सर्किटको लेभलमा

-



     सफल आवाज    
     चैत्र ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ चैत । साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर बजार आज सोमबार भने दोहोरो अंकले बढेको छ ।सोमबार नेप्से परिसूचक १७.९९ अंकले २ हजार ६३४.५७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८८ अंकले बढेको छ ।

नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने खासै बढेको छैन । दिनभर भएका ३७ हजार ९३९ कारोबारबाट २३१ कम्पनीका ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा बढी इमर्जिङ नेपालको कारोबार शीर्ष स्थानमा देखिएको छ । सो कम्पनीको सेयर मूल्य ५१.९० रुपैयाँले बढेर ५७१.७० रुपैयाँ पुगेको छ । ङ्यादी ग्रुप पावर कम्पनीको ४७.४० रुपयाँले बढेर ६६५.२० रुपैयाँमा पुगेको छ । माउन्टेन नेपाल हाइड्रोको २८.१० पैसाले बढेर ४४५ रुपैयाँ पुगेको छ ।