
काठमाडौं, ७ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले सोमबार पोखरामा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना आर्थिक वर्ष २०७७/७८–२०८१/८२ का बारेमा सरोकारवालाहरुबीच छलफल सम्पन्न गरेको छ ।
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन, विश्वव्यापी आवधिक पुनरावलोकन (तेश्रो चक्र) बाट प्राप्त सिफारिस कार्यान्वयन कार्ययोजना २०७८/८२ तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बन्धी पाँचौं आवधिक प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि छलफल गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफुहरुले नीति नियम बनाएर मात्रै नहुने भएकोले कर्मचारीबाट त्यसको कार्यान्वयनका लागि पहल हुनुपर्नेमा जोड दिए । उनले भने, हामीले नीति बनायौं, आवश्यक नीतिहरु बनाईएला तर त्यसको कार्यान्वयनमा त हामी हुँदैनौ, त्यहाँ त कर्मचारी हुन्छन् । त्यसैले नीतिको सहि कार्यान्वयनमा ध्यान दिन मेराे आग्रह छ ।
मन्त्री श्रेष्ठले संविधानमा जनताका हक अधिकारहरुको बारेमा प्रस्ट लेखिएको बताउँदै त्यसको कार्यान्वयनको साथसाथै नागरिकको कर्तव्य पालनाको अधिकार पनि जोडिएको बताए । उनले भने, अधिकार माग्न त पाईएन्छ तर नागरिकले आफ्नो कर्तव्यलाई पनि पालना गर्नुपर्छ ।
कतिपय कार्यक्रमहरु घरको कोठामा, होटलमा मात्रै हुने गरेका छन्, अधिकारमुखि कार्यक्रमहरु साच्चै यतिमै सिमित हो त ? उनले भने, अर्ब आमीले शहर बाहिर, पहुँच नभएका ठाउँमा गएर नागरिक अधिकारको सुनिश्चितता, कर्तव्यको पालना र सहजिकरण गर्नुपर्छ । हामी सबै मिलेर समृद्ध नेपाल, सुखि नेपाली बनाउने बाटोमा लाग्नुपर्ने श्रेष्ठको भनाई थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव धनराज ज्ञवालीले कतिपय राम्रा कामहरुको बारेमा चर्चा नहुने गरेको तर आलोचना मात्र हुने परिपाटीलाई बदल्नु पर्ने बताए । हो नराम्रो कामको आलोचना हुनुपर्छ तर राम्रो कामको प्रशंसा पनि आवश्यकता हुन्छऽ उनले भने ।
नेपालको संसदीय इतिहासमा एकैदिन १३ वटा कानुन पास भएको त्यो क्षण पनि जिवितै छ तर त्यसको त्यति चर्चा भएन । ज्ञवालीले भने, हामीले गरेका कामको पनि समोचित रिपोर्टि गरेका छैनौ, त्यसैले समयमै गरेका कामको रिपोर्टिङ गर्ने बानिमा विकास गर्नुपर्ने खाँचो उनले औंल्याए ।
मानव अधिकारलाई संविधानले ग्यारेन्टी गरेको छ । तर यसको कार्यान्वयनको पाटोमा कमजोरी भएको स्वीकार गर्दै ज्ञवालीले मानव अधिकारको प्रत्याभूतिको लागि संघीय, प्रदेश तथा स्थानिय सरकारबीच समन्वय आवश्यक भएकोमा जोड दिए ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव कुशलचन्द्र सुवेदीले मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना २०७७/७८–२०८१/८२ को कार्यान्वयनका बारेमा प्रस्तुति पेश गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव श्रद्धा रिजालले विश्वव्यापी आवधिक पुनरावलोकन (तेश्रो चक्र) बाट प्राप्त सिफारिस कार्यान्वयन कार्ययोजनाका बारेमा प्रस्तुति दिएकि थिइन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव कुशलचन्द्र सुवेदीलेनै दोश्रो सत्रमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी चौथो आवधिक प्रतिवेदनका बारेमा प्रस्तुति पेश गरेका थिए ।
यस्तै सरोकारवालाहरुले राखेका जिज्ञासाका बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले जवाफि सहजिकरण गरेका थिए ।
यसअघि प्रमुख सचिव रविलाल पन्तले कार्यक्रममा सहभागि भएकाहरुलाई स्वागत गर्दै गण्डकी प्रदेश समन्वय समितिको बैठक बसेर कार्ययोजना र त्यसमाथिको मूल्यांकन गरेर पठाईने बताए ।
कार्यक्रमको संचालन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव राजेन्द्र न्यौपानेले गरेका थिए ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



