आज सुनको मूल्य प्रतितोला १ लाख ३ सय, चाँदीको कति ?

-



     सफल आवाज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ चैत । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला १ लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ । यसको मूल्य सोमबार प्रतितोला ९९ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३९५ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।