नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबारमा प्रभु इन्स्योरेन्स अब्बल

-



     सफल आवाज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार आज सेयर बजार सकारात्मक लयमा गएको छ । यसअघि केहिदिन सेयर बजारमा गिरावट आउँदा सेयर लगानीकर्ताहरु अलमलमा परेका थिए । अब भने बजार सकारात्मक लयमा जान्छ की भन्ने आकलन गरिएको छ ।

अर्थतन्त्रमा भईरहेको आरोह अवरोहको परिणामस्वरुप लगानीकर्ताहरु एउटै लयमा काम गर्नबाट बञ्चित भईरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा यसको सुधारको पक्षमा लागेपछि लगानीकर्ताहरुको मनोवल उचो भएको छ ।

नेपाल सरकारले यही समयमा लय भत्किएको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन उच्चस्तरिय समिति गठनको तायरी गरिरहेको कुरा स्वयं प्रधानमन्त्री शेर बहादुर देउवाबाट व्यक्त हुँदा यात्रा सहज हुन्छ कि भन्ने आशा जगाएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १२.५४ अंकले बढेर २६४७.२० विन्दुमा पुगेको छ । नेप्से ०.४८ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स २.०६ अंकले बढेर ४९८.३६ विन्दुमा पुगेको छ ।

कुल २३५ कम्पनीको सेयर कारोबार भएको छ । ५३ लाख २९ हजार ९९३ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये व्यापारतर्फ मात्रै रातो लागेको छ । अर्थात यो उपसमूहको सेयर घटेको छ । बाँकी १२ वटैमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनीको १५ करोड ३३ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।