
काठमाडौं, ८ चैत । साल्ट ट्रेडिङ कर्पोरेशनले चैत ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले चैत ३० गतेको लागि सभा बोलाएको हो ।
कम्पनीले चैत १५ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत १४ गतेसम्म कायम रहेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । कम्पनीले लगानीकर्तालाई हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
साधारणसभामा गत आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरेर पारित गर्नेछ । गत आर्थिक वर्षको लेखा परीक्षकको प्रतिवेदनसहित सोही आवको बासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरुउपर छलफल गरिने कम्पनीले जनाएको छ ।
सभाले लेखा परीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण, लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारीक्षमिक अनुमोदन गर्नेछ ।
कम्पनीका अनुसार सञ्चालक समितिबाट प्रस्ताव भएबमोजिम चुक्ता पुँजीको ०.५० प्रतिशतका दरले नगद लाभांश बाफत ११ लाख ५२ हजार २१४ रुपैयाँ वितरण गर्न स्वीकृत गर्नेछ । सभाले कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृति उपर छलफल गरी पारित गर्ने भएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




