अपि पावरले चैत २५ गतेदेखि १ अर्ब ८ करोड ६० लाख बराबरको हकप्रद सेयर निष्काशन गर्दै

-



     सफल आवाज    
     चैत्र ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ चैत । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले चैतको २५ गते हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो । कम्पनीले १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता सेयरको रेसियोमा हकप्रद सेयर निष्काशन गर्न लागेको जनाईएको छ ।

इन्स्योरेन्सले १०० रुपैयाँ मूल्य अंकित दरको १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबर रहने १ करोड ८ लाख ६० हजार कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि चैत १४ गते बुक क्लोज गर्ने भएको छ । लगानी गर्न चाहने लगानीकर्ता सेयरधनीहरुले चैतको १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार गरी कायम भएको हुनुपर्ने छ । यसो भयो भने मात्रै उनीहरुले हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् ।

सेयरधनीहरुले हकप्रद सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक इटहरी, पोखरा शाखा, नारायणगढ, धनगढी, विारटनगर तथा जनकपुरमा रहेका शाखाहरुबाट आवेदन दिने सक्नछन् ।

यस्तै आवेदकले ग्लोबल आइएमई बैंक बैतडी शाखा, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीयामा रहेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आवेदन वैशाख १५ गतेसम्म पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करोड १५ हजार ५४५ रुपैयाँ ७५ पैसा रहेको छ । हकप्रद सेयर निष्काशनपछि चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्ने भएको छ ।