घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     चैत्र ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ चैत । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छपावाला सुनमा रुपैयाँ १,१०० तथा चाँदीमा रुपैयाँ २५ ले घटेकाे हाे ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ यसदिन रुपैयाँ १,१०० ले घटेर प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ तोलाको रुपैयाँ १ लाख ३०० तोकिएको थियो ।

तेजाबी सुनको भाउ यसदिन तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार तेजाबी सुनको भाउ ९९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदीको भाउ रुपैयाँ २५ ले घटेर तोलाको १ हजार ३७० तोकिएको महासंघले जानकारी दिएको छ । मंगलबार चाँदीको भाउ तोलाको १ हजार ३९५ कायम भई कारोबार भएको थियो ।