
काठमाडौं, ९ चैत । सिद्धार्थ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश वितरणका लागि चैतको ३० गते २०औं साधारण सभा आव्हान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
गएको असार अन्तिमसम्म कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांशसहित १५.७८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको हो ।
इन्स्योरेन्सको साधारण सभा नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटी मण्डप, काठमाडौं उक्त दिन बिहान बजे डाकिएको छ ।साधारण सभामा उपयुक्त लागेका नीर्जिवन बीमा कमपनीसंग गाभ्ने गाभिने, प्रबन्धपत्र तथा नियमावली संशोधनको काम गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई पारित गरिने भएको छ ।
इन्स्योरेन्सले साधारण सभालाई मध्येनजर गर्दै चैतको १७ गते बुक क्लोज गर्ने भएको छ । चैतको १६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




