
काठमाडौं, ९ चैत । काठमाडौं उपत्यकापछि पोखरामा चैत ११ देखि मुनाबजार सञ्चालनमा ल्याउने तयारी गरिएकाे छ । मुना कृषि लिमिटेडद्धारा सञ्चालित मुनाबजार शुक्रबारदेखि सञ्चालनमा आउन लागेको हो ।
बुधबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै लिमिटेडका अध्यक्ष युवराज गुरुङले सुरक्षित खाद्य उद्देश्यसहित स्थानीय तथा रैथाने वस्तुहरुको प्रवद्र्धन गर्ने उद्देश्यले ५५ लाखको लागतमा पोखराको सिर्जनाचोकमा पाँचौं शाखाको रुपमा मुनाबजार सञ्चालनमा आउन लागेको जानकारी दिए । मुनाबजारको मुख्य कार्यायल भने लतिलपुरको सानेपामा रहेको छ ।
उत्पादित कृषि उपजलाई सुरक्षित रुपले भान्सा सम्म पु¥याउने उद्देश्यले नेपालका ६० जिल्लाका किसानहरुले उत्पादन गरेका स्थानीय १ हजार ६ सय प्रकारका खाद्य वस्तुहरुलाई उपभोक्तामाझ पु¥याइने उनले बताए । मुनाबजारको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नेछन् ।
कार्यक्रममा बोल्दै बजारकी म्यानेजर सीता पाण्डेले कोभिड–१९ को महामारीका समयमा किसानहरुले उत्पादन गरेका फलफुल तथा तरकारीहरुलाई काठमाडौं उपत्यकामा बिक्रि बितरणमा सघाएको बताइन् । उनले मुनाबजारले उत्पादन, संकलन, समन्वय र बजारीकरणमा सघााउने बताउँदै अन्य संस्थाहरुसंग प्रतिस्पर्धा भन्दापनि सहकार्य गर्ने उल्लेख गरिन् ।
गैरआवासिय नेपालीहरुले विदेशमा बसेर आर्जन गरेको धन, ज्ञान, सिप र अनुभवलाई लगानी गर्दै नेपालको कृषि क्षेत्रमा रुपान्तरण गर्ने कम्पनीको उद्देश्य रहेको अध्यक्ष गुरुङले बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




