जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५अर्ब र निर्जिवन बीमा कम्पनीको साढे २ अर्ब पुर्याइयाे

-



     सफल आवाज    
     चैत्र ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ चैत । बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब पुर्याइएको छ ।

समितिको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्धि गर्दा समग्रमा नेटवर्थ बढाइ सोअनुरुप कम्पनीको जोखिम बहन क्षमता बढाइने र कम्पनी आपसमा गाभिन अनुकूल वातावरण सिर्जना हुने बताइएको छ ।

ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच बिस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुने गरी चुक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ ।

चुक्ता पूँजी आगामी वर्ष चैतसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पूँजी सो समयावधि भित्रमा पु¥याउन नसक्ने कम्पनीले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ अनुसार हुने गरेर पूँजी कायम गर्नुपर्ने उल्लेख छ ।

कम्पनीले ३० दिनभित्र आफ्नो पूँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिमा पेश गर्नुपर्ने व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।